शनिबार, ९ श्रावण, २०८३ (1715537700)
सोमबार बैशाख ३१, २०८१

रामेछापबाट उद्धार गरिएका सोताङका दलवीर राईको मृत्यु

सोलुखुम्बु । रामेछापबाट उद्धार गरी सोलुखुम्बु ल्याइएका सोताङका दलवीर राईको मृत्यु भएको छ । सोताङ गाउँपालिका वडा नम्बर ३ का ७५ वर्षीय दलवीर राईको आज सोमबार बिहान मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष मानवीर राईले जानकारी दिनुभयो । 

सामान्य बिरामी राईको उपचारको क्रममा घरमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ । 

रामेछाप जिल्लाको उमा कुण्ड गाउँपालिका वडा नम्बर २ बाम्तीभण्डारमा  बेवारिसे अवस्थामा रहेका राईलाई सोताङ ५ का वडा अध्यक्ष मानवीर राई र सोलु एफ एमको संयुक्त प्रयासमा पहिचान गरी वैशाख ११ गते उद्धार गरिएको थियो ।

राई संस्कार अनुसार आजै अन्त्येष्टि गरिएको वडा अध्यक्ष राईको भनाई छ ।