सोलुखुम्बुमा आगलागीबाट पाँच बर्षमा १६ करोड बढीको क्षति
सोलुखुम्बु : सोलुखुम्बुमा पछिल्लो पाँच वर्षको अवधिमा आगलागीका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकअनुसार जिल्लामा आगलागीका घटनाबाट भएको कुल क्षति १६ करोड एक लाख २७ हजार ९५० बराबरको छ । आगलागीका अधिकांश घटना विद्युत् सर्टका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार जिल्लामा भएका केही घटना भने मानवीय लापरबाहीका कारण भएको पाइएको छ ।
विद्युत् प्रणालीको नियमित जाँच, सुरक्षित जडान र आगोको प्रयोगमा सावधानी अपनाउन सके आगलागीबाट हुने धन आगलागी भएको स्थानमा समयमै दमकल, प्रहरी, स्थानीय उद्धारकर्मी र समुदायको सहयोग पुग्न सके क्षति न्यूनीकरण गर्न सकिने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । दुर्गम भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा उद्धार तथा अग्नि नियन्त्रणका साधन तत्काल पुग्न कठिन हुने गरेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरको भनाइ छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा आगलागीबाट पाँच बर्षमा १६ करोड बढीको क्षति
- ४८ किलोमिटर लामो रेड पाण्डा म्याराथनको उपाधि तिलक सुनुवार र कल्पना बुढालाइ
- खुम्बु पासाङल्हामु–१ मा दुई विकास योजनाको शिलान्यास
- प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरिक्षण
- रेड पाण्डा म्याराथनको तयारी पुरा, ३ सय धावक सहभागी हुदै , अभिनेता दयाहाङ राई सोलुुखुम्बुमा






