शनिबार, १३ मङ्सिर, २०८३ (1795803300)
शनिबार मङ्सिर १३, २०८३

खुम्बु पासाङल्हामु–१ मा दुई विकास योजनाको शिलान्यास

सोलुखुम्बु  खुम्बु पासाङल्हामु गाउँपालिका–१ मा दुईवटा विकास योजनाको औपचारिक शिलान्यास गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रम अन्तर्गत सञ्चालन हुने ङिम दोर्जि शेर्पा पर्यटन सडक स्तरोन्नति प्याकेज–१ र खरिखोला शेर्पा सामुदायिक भवन निर्माण योजनाको मंसिर ११ गते स्थानीय परम्पराअनुसार पूजाआजा गरी शिलान्यास गरिएको हो।

 गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा दुवै योजनाको विधिवत् शिलान्यास गरिएको थियो। शिलान्यास गरिएका योजनामध्ये ङिम दोर्जि शेर्पा पर्यटन सडक स्तरोन्नति प्याकेज–१ अन्तर्गत खारिखोला तीनकुनेदेखि थामडाँडासम्मको सडक स्तरोन्नति गरिनेछ । उक्त योजनाका लागि मूल्य अभिवृद्धि करसहित २ करोड ९३ लाख २० हजार ५ सय ४ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।  त्यसैगरी, खरिखोला शेर्पा सामुदायिक भवन निर्माण योजनाका लागि ःतथा पी.एस. सहित ९३ लाख ७ हजार ३ सय ३९ रुपैयाँ ४१ पैसामा ठेक्का सम्झौता गरिएको छ । 

दुवै योजनाका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ मा बजेट विनियोजन गरेको हो। सडक स्तरोन्नति योजनाले पर्यटन आवागमन तथा स्थानीय यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ भने सामुदायिक भवन निर्माणले खरिखोलाका शेर्पा समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउने विश्वास गरिएको छ