४८ किलोमिटर लामो रेड पाण्डा म्याराथनको उपाधि तिलक सुनुवार र कल्पना बुढालाइ
सोलुखुम्बु : ४८ किलोमिटर लामो रेड पाण्डा म्याराथनको उपाधि पुरुष तर्फ तिलक सुनुवार र महिला तर्फ कल्पना बुढाले हात पार्नुभएको छ । संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे)को संरक्षणमा समुदायको सहभागिता बढाउनका लागि आयोजना गरिएकोे रेड पाण्डा म्याराथनको तेस्रो संस्करण सोलुखुम्बुमा सम्पन्न भएको हो । समुद्र सतहदेखि २ हजार ३६० मिटर उचाइमा रहेको थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु भई ४०५४ मिटरको उचाइमा रहेका पिकेपिकसम्म पुगेर पुनः सोहीतर्फ फर्किने गरी ४८ किलोमिटर लामो म्याराथनमा पुरुष तर्फ रामेछापका तिलक सुनुवारले ४ घण्टा ३३ मिनेट १५ सेकेन्डमा पार गर्नुभएको छ । यस्तै सोलुुखुम्बुका अर्जुन कुलुङले ४ घण्टा ३६ मिनेटमा र रामेछापका हेम लाल श्रेष्ठले निर्धारित दुरी ४ घण्टा ५१ मिनेट ३० सेकेन्ड र रामेछापकै गोपाल तामाङले ५ घण्टा १० मिनेटमा निर्धारित दरी पुरा गर्नुभएको हो । यस्तै महिला तर्फ जुम्लाकी कल्पना बुढाले ७ घण्टा ४ मिनेट, जुम्लाकै सान्भी बुढाले ७ घण्टा ५ मिनेट र सोलुखुम्बुकी छिरिङ शेर्पाले ७ घण्टा ५७ मिनेटमा निर्धारित दुरी पार गरेका छन ।
यसअघिका संस्करण ताप्लेजुङ र इलाममा सम्पन्न भएका थिए । सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना भएको यस वर्षको कार्यक्रमले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउएको नेटवर्कले जानकारी दिएको छ ।
प्रतियोगिता रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा आयोजना गरिएको हो । सन् २०२४ देखि रेड पाण्डा म्याराथन गराउन थालिएको थियो ।
प्रथमले एक लाख ५० हजार रुपैयाँ नगद र ट्रफी पाएका छन । यस्तै द्धितीयले १ लाख, तृतियले ५० हजार र सान्तवनाले ३० हजार रुपैँया र ट्रफी प्राप्त गरेका छन । दुवै विधामा समान पुरस्कार राशि रहेको छ । रेड पाण्डा म्याराथनले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महत्व र सचेतना बढाउन मद्दत गर्ने अपेक्षाका साथ म्याराथन आयोजना गरीएको रेड पाण्डा नेटर्वक म्यानेजर सोनाम टासी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रख्यात अभिनेता दयाहाङ राई तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दयाहाङ राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै आफू प्रकृति र वन्यजन्तुसँग जोडिएर काम गर्न पाउदा खुशी लागेको बताउनुभयो ।
ताजा खबर
सबै- सोलुखुम्बुमा आगलागीबाट पाँच बर्षमा १६ करोड बढीको क्षति
- ४८ किलोमिटर लामो रेड पाण्डा म्याराथनको उपाधि तिलक सुनुवार र कल्पना बुढालाइ
- खुम्बु पासाङल्हामु–१ मा दुई विकास योजनाको शिलान्यास
- प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरिक्षण
- रेड पाण्डा म्याराथनको तयारी पुरा, ३ सय धावक सहभागी हुदै , अभिनेता दयाहाङ राई सोलुुखुम्बुमा






