बुधबार, ३ मङ्सिर, २०८३ (1794852900)
मंगलबार मङ्सिर २, २०८३

वी.पी. कोइराला संस्कृत विद्यापीठको प्राज्ञिक जर्नल ‘सर्वोच्च प्रभा’ को प्रथम अङ्क  प्रकाशित

 सोलुखुम्बु  : नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत सोलुखुम्बुमा अवस्थित विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइद्वारा तयार पारिएको प्राज्ञिक तथा अनुसन्धानमूलक जर्नल ‘सर्वोच्च प्रभा’ को प्रथम अङ्क नेपालको प्रतिष्ठित अनुसन्धानमूलक जर्नल पोर्टल नेपजोलमा प्रकाशित भएको छ । विद्यापीठको अनुसन्धान तथा प्राज्ञिक गतिविधिलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले प्रकाशित यस जर्नलमा संस्कृत, नेपाली भाषा तथा साहित्य, दर्शन, संस्कृति, शिक्षा लगायतका विविध विषयसँग सम्बन्धित मौलिक अनुसन्धानमूलक लेखहरू समेटिएका छन्।
    नेपजोलमा जर्नल प्रकाशित हुनुले विद्यापीठमा हुँदै आएका अनुसन्धानात्मक कार्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसबाट प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा अध्येताहरूलाई मौलिक अनुसन्धान प्रकाशन गर्ने र आफ्ना अनुसन्धानका निष्कर्षलाई व्यापक पाठकवर्गसम्म पु¥याउने अवसर प्राप्त हुनेछ । यस महत्त्वपूर्ण उपलब्धिका लागि विद्यापीठ परिवारले अनुसन्धान समिति, सल्लाहकार समिति, व्यवस्थापक समिति, समीक्षक, लेखक, सम्पादक मण्डल तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक बधाई तथा आभार व्यक्त गरेको छ ।

दुर्गम भौगोलिक परिवेशमा रहेर पनि प्राज्ञिक अनुसन्धान, लेखन तथा प्रकाशनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा यस सफलतालाई लिन सकिन्छ । यसले नेपाल संस्कृत विश्वविद्यालय तथा विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठको शैक्षिक गरिमा र अनुसन्धानात्मक पहिचानलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । आगामी दिनमा पनि ‘सर्वोच्च प्रभा’ मार्फत मौलिक अनुसन्धान, प्राज्ञिक लेखन तथा प्रकाशनका गतिविधिलाई निरन्तरता दिँदै ज्ञान, अनुसन्धान र शैक्षिक उन्नयनको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।