सोलुखुम्बुमा ५ हजार १ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी
सोलुखुम्बु : सोलुखुम्बु जिल्लामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका कुल ५ हजार १ सय जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यसैगरी, १२ महिनादेखि ५९ महिना उमेर समूहका ४ हजार ५ सय ५ जना बालबालिकालाई जुकाविरुद्धको औषधि खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय फाप्लुले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल खानेमध्ये ६ देखि ११ महिना उमेर समूहका ४ सय ७१ जना र १२ देखि ५९ महिना उमेर समूहका ४ हजार ६ सय २९ जना बालबालिका रहेका छन्। यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा ६ देखि ११ महिना उमेरका १ सय ६ जना र १२ देखि ५९ महिना उमेरका १ हजार ९ जना गरी कुल १ हजार १ सय १५ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यसैगरी, ८ सय ८८ जना बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।
सोताङ गाउँपालिकामा ६ देखि ११ महिना उमेरका ५५ जना र १२ देखि ५९ महिना उमेरका ४ सय २३ जना गरी ४ सय ७८ जना बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल प्राप्त गरेका छन्। यहाँ ४ सय ११ जना बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।
महाकुलुङ गाउँपालिकामा ६ देखि ११ महिना उमेरका ४५ जना र १२ देखि ५९ महिना उमेरका ५ सय जना गरी कुल ५ सय ४५ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । त्यस्तै, ५ सय जना बालबालिकालाई जुकाको औषधि प्रदान गरिएको छ । माप्यदुधकोशी गाउँपालिकामा ६ देखि ११ महिना उमेरका ६३ जना र १२ देखि ५९ महिना उमेरका ५ सय ९९ जना गरी कुल ६ सय ६२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यहाँ ५ सय ९९ जना बालबालिकाले जुकाको औषधि सेवन गरेका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिकामा ६ देखि ११ महिना उमेरका २८ जना र १२ देखि ५९ महिना उमेरका ३ सय ४२ जना गरी ३ सय ७० जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । साथै, ३ सय ४२ जना बालबालिकालाई जुकाको औषधि पनि प्रदान गरिएको छ। नेचासल्यान गाउँपालिकामा ६ देखि ११ महिना उमेरका ४७ जना र १२ देखि ५९ महिना उमेरका ४ सय ५८ जना गरी कुल ५ सय ५ जना बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल प्राप्त गरेका छन्। यहाँ ४ सय ७० जना बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।
लिखु पिके गाउँपालिकामा ६ देखि ११ महिना उमेरका १४ जना र १२ देखि ५९ महिना उमेरका २ सय ५३ जना गरी कुल २ सय ६७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । त्यस्तै, २ सय ५० जना बालबालिकालाई जुकाको औषधि वितरण गरिएको छ । जिल्लाको एकमात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकामा ६ देखि ११ महिना उमेरका १ सय १३ जना र १२ देखि ५९ महिना उमेरका १ हजार १ सय ४५ जना गरी कुल १ हजार २ सय ५८ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । त्यसैगरी, १ हजार १ सय ४५ जना बालबालिकालाई जुकाको औषधि खुवाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
ताजा खबर
सबै- नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी
- हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन
- सोलुखुम्बुमा ५ हजार १ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी
- आईजीपीबाट हटाइए दानबहादुर कार्की, मनोज केसीलाई दिइयो जिम्मेवारी
- खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मूकदर्शक







