बिहीबार, ६ कार्तिक, २०८३ (1792520100)
बुधबार कार्तिक ५, २०८३

कोसी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

 देशका केही स्थानमा आज वर्षाको सम्भावना छ। केही भूभागमा हिमपात पनि हुनेछ। नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ। विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ।