मंगलबार, ४ कार्तिक, २०८३ (1792433700)
मंगलबार कार्तिक ४, २०८३

दशैमा सुनसानमा बन्यो सदरमुकाम सल्लेरी  

सोलुखुम्बु :  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सरकारी कार्यालयहरु बन्द भएसँगै अहिले सुनसान बनेको छ । सल्लेरी बसोबास गर्दै आएकाहरु दशैँ मनाउनका लागि घर फर्किएसँगै सल्लेरी सुनसान बनेको हो । सरकारले शनिबार देखि सबै सरकारी कार्यालय, विद्यालय, कलेज बन्द गराएसँगै सरकारी कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी लगायत व्यापारीहरु समेत घर फर्केका छन । अन्य समयमा खुला देखिने अधिकांश होटल पसल समेत बन्द गरिएको छ ।

अन्य गाउँपालिकाबाट सदरमुकाम सल्लेरीमा व्यापार व्यवसाय गर्दै बसेका व्यापारीहरु समेत घर फर्केपछि होटल पसल समेत सुनसान बनेको छ । अन्य समयमा टेम्पोको आवतजावत बाक्लो देखिएको सल्लेरीको सडकमा फाट्टफुट्ट मात्र टेम्पो गुडेको देखिन्छ ।  सदरमकाममा अहिले स्थानियबासी साथै दशँैमा घर नफर्किने केही कार्यालयका कर्मचारीहरु मात्र भेट्न सकिन्छ । दशैँको फूलपातिको दिनदेखि सबै कार्यालय बन्द हुने भएकाले हरेक साल सल्लेरी सुनसान हुने गरेको स्थानियहरुले बताएका छन् ।