हिमाल आरोहण गर्न १३ सयभन्दा बढी पर्वतारोहीले लिए अनुमति, कति उठ्यो राजस्व
सोलुखुम्बु : यो वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहण गर्न १३ सयभन्दा बढी पर्वतारोहीले अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, पर्यटन विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार हिमाल आरोहणतर्फ आरोहीहको उत्साहजनक सहभागिता देखिएको छ । यो सिजनमा कुल एक हजार ३०६ जनाले आरोहण अनुमति लिएका छन्।
यसमा ९८८ पुरुष र ३१८ महिला आरोही रहेका छन्। मनास्लु, अमादब्लम र हिम्लुङ हिमालमा सर्वाधिक आरोहीहरूको आकर्षण देखिएको छ । विभागको प्रतिवेदनअनुसार यो वर्षको शरद ऋतुमा हिमाल आरोहणको रोयल्टीबाट मात्रै ३० करोड ४८ लाख ४३ हजाररुपैयाँ राजस्व संकलन भएको छ। विशेषगरी मनास्लु हिमालबाट २२ करोड ५८ लाख ५७ हजार रुपैयाँभन्दा बढी र अमादब्लम हिमालबाट ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी रोयल्टी उठेको छ । शरद ऋतुको यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि पनि अनुमति लिइएको छ। पर्यटन विभागको देशगत अनुमति प्रतिवेदनअनुसार विश्वका ७५ भन्दा बढी देशका नागरिक नेपालका हिमाल आरोहणका लागि आएका छन्।
ताजा खबर
सबै- हिमाल आरोहण गर्न १३ सयभन्दा बढी पर्वतारोहीले लिए अनुमति, कति उठ्यो राजस्व
- दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
- अपडेट : सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो
- आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने, हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै
- दशैले छोएन, सोलुखुम्बुका युवाहरुलाई पर्यटन सिजनसँगै खुम्बु तर्फ ध्यान

2026-10-05-04-36-54.jpeg)

2026-10-14-07-49-47.jpeg)



2026-10-16-05-32-28.jpeg)