ब्रोड पिक हिमपहिरोका पीडित परिवारलाई नेकोले बीमा दाबी भुक्तानी गर्यो
सोलुखुम्बुः पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ।उक्त दुर्घटनामा विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा पाँच जना नेपाली नागरिक थिए।
हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली नागरिक ग्याल्जेन शेर्पा र ङाङ ङिन्दु शेर्पाका परिवारलाई नेको इन्स्योरेन्सले ट्रेकिङ तथा एक्सपिडिसन बीमाअन्तर्गतको दाबी रकम हस्तान्तरण गरेको हो। उक्त बीमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गरिएको थियो।नेको इन्स्योरेन्सले आवश्यक प्रक्रिया पूरा गरी शीघ्र छानबिन तथा मूल्याङ्कनपछि बीमा दाबी भुक्तानी गरेको जनाएको छ।
विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत र सहयोग पु¥याउनु नै बीमाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले नेको इन्स्योरेन्सले गरेको शीघ्र भुक्तानीप्रति खुसी व्यक्त गरे। ट्रेकिङ तथा एक्सपिडिसन व्यवसायमा शेर्पाहरू मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा प्राप्त दाबी भुक्तानीले पीडित परिवारलाई ठूलो राहत पुगेको बताए।
नेको इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत पवन थापाले बीमा केवल जोखिम हस्तान्तरणको माध्यम मात्र नभई दुर्घटनाका बेला आर्थिक सुरक्षा प्रदान गर्ने आधार भएको बताए। कम्पनीले आगामी दिनमा पनि सेवाग्राहीलाई छिटो र प्रभावकारी रूपमा बीमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ।
ताजा खबर
सबै- सप्तरीमा २ वर्षीया बालिकाको ह,त्या सौतेनी आमाले गरेको प्रहरीको निष्कर्ष
- नेपाल लेखापढी व्यवसायी सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न
- पर्वतीय पर्यटनमा उत्साहजनक पुनरुत्थान, रोजगारी र आम्दानीको दायरा फराकिलो
- ब्रोड पिक हिमपहिरोका पीडित परिवारलाई नेकोले बीमा दाबी भुक्तानी गर्यो
- पर्यटकीय सिजन सुरु हुन लाग्दा खुम्बु क्षेत्रका पदमार्ग पूर्ण रूपमा सुरक्षितः एसपीसीसी अध्यक्ष लामा काजी शेर्पा




2026-08-17-02-58-46.jpeg)

2026-08-22-03-46-25.jpeg)
