सोलुखुम्बुमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रसूति सेवा र एम्बुलेन्स सुदृढ गरिँदै
सोलुखुम्बुः सोलुखुम्बुमा हाल मातृ मृत्युदर शून्य रहे पनि पेरिनेटल तथा नियोनेटल मृत्युदर नियन्त्रण गर्नु मुख्य चुनौती बनेको छ । सोलुदूधकुण्ड नगरपालिका–२ मा हालै भएको पेरिनेटल मृत्युको घटनालाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य कार्यालय सोलुखुम्बुले स्थानीय बर्थिङ सेन्टर सुदृढीकरण र जिल्ला अस्पतालको प्रसूति सेवा थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ।
स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाईंका अनुसार भौगोलिकताका कारण गर्भवती तथा सुत्केरीलाई समयमै अस्पताल पु¥याउन कठिन हुने भएकाले स्थानीय तहहरूसँगको समन्वयमा आकस्मिक सेवा चुस्त बनाउन लागिएको हो। यसका लागि जिल्लाका सबै पालिकाहरूले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छन् भने खुम्बु पासाङल्हामु गाउँपालिकालगायतका दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धारको समेत व्यवस्था मिलाइएको छ।
चिकित्सकसहितको टोलीले स्थानीय स्वास्थ्य संस्थाहरूको निरन्तर अनुगमन गर्ने गरी कार्ययोजना तयार पारेको छ । स्वास्थ्य संस्था, एम्बुलेन्स र उद्धारको पहुँच भए पनि मातृ तथा शिशुको सुरक्षाका लागि पारिवारिक सजगता उत्तिकै महत्त्वपूर्ण हुने चौलागाईंको भनाइ छ। त्यसैले गर्भवती वा सुत्केरी आमा र नवजात शिशुमा सामान्य स्वास्थ्य समस्या देखिनेबित्तिकै ढिलाइ नगरी नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकाको सम्पर्कमा पुग्न उहाँले सोलुखुम्बुवासीलाई अपिल गर्नुभएको छ।
ताजा खबर
सबै- सोलुखुम्बुमा कोशी प्रदेशका वस्तुको निर्यात सम्भावनाबारे अन्तरक्रिया, ५ देखि १० वर्षमा निर्यात दोब्बर बनाउने लक्ष्य
- श्रम संस्कृति सोताङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा खिलाराज नाछिरिङ चयन
- सोलुखुम्बुमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रसूति सेवा र एम्बुलेन्स सुदृढ गरिँदै
- काठमाडौँमा सञ्चालित खुम्बु पासाङल्हामु गाउँपालिकाको एकीकृत सेवा शिविर दुई दिन थप
- अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ ’ राख्न प्रस्ताव



2026-08-17-02-58-46.jpeg)



2026-08-22-03-46-25.jpeg)