हिमाल आरोहणको जोखिम र आश्रित परिवारको संरक्षणमा राज्यको उपस्थिति फितलो’: अध्यक्ष मिङमा छिरी शेर्पा
सोलुखुम्बुः हिमाल आरोहणको साहसिक यात्रा र यसको सुन्दरताको विश्वभर चर्चा हुने गरे तापनि आरोहणका क्रममा ज्यान गुमाउने आरोहीका परिवारको संरक्षण र राहतमा राज्यको उपस्थिति फितलो रहेको टिप्पणी गरिएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले साङ्ग्रिला नेपाल फाउन्डेसनको आयोजना तथा जुनिपर फन्डको सहयोगमा आयोजित ‘पर्वतीय पर्यटनमा निर्भर परिवारका लागि जीविकोपार्जन सहयोग तथा राहत कोष हस्तान्तरण कार्यक्रम’मा बोल्दै उक्त कुरा बताउनुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले हिमाली पर्यटन र आरोहणले देशको पहिचान बढाए पनि आरोहणका क्रममा दुर्घटनामा परी ज्यान गुमाउने आरोहीका आश्रित परिवारले भोग्नुपरेको पीडामा मलम लगाउने दायित्व मुख्यगरी राज्यको भएको बताउनुभयो। “हिमालको सुन्दरता र आकर्षणको चर्चा सबैतिर हुन्छ, तर दुर्घटनामा ज्यान गुमाएका आरोहीका परिवारलाई सहयोग गर्ने दायित्व बोक्नुपर्ने राज्यको पहुँच र उपस्थिति भने निकै कमजोर छ,“ अध्यक्ष शेर्पाले भन्नुभयो।
अध्यक्ष शेर्पाका अनुसार आरोहीहरूको सुरक्षा, बिमा तथा उनीहरूका परिवारका लागि सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने आवाज उठ्दै आए पनि राज्यले यस विषयमा चाहिने जति संवेदनशीलता देखाउन सकेको छैन। राज्यले गर्नुपर्ने काममा गैरसरकारी तथा सामाजिक संस्थाहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राज्यको उपस्थिति कमजोर भइरहेको अवस्थामा पनि साङ्ग्रिला नेपाल फाउन्डेसन र जुनिपर फन्ड जस्ता संस्थाहरूले पीडित परिवारको दुःख बुझेर तत्काल राहत, सिपमूलक तालिम र उद्यमशीलता विकासमा सहयोग पु¥याएका छन्। यसले आश्रित परिवारलाई आत्मनिर्भर बन्न ठूलो मद्दत पुगेको छ।“
सो क्रममा अध्यक्ष शेर्पाले आरोहणका क्रममा अभिभावक गुमाएका तथा प्रभावित बनेका परिवारहरूलाई आफ्नो शोक र पीडालाई शक्तिमा बदलेर अगाडि बढ्न आग्रह गर्नुभयो। गैरसरकारी संस्थाहरूको सानो सहयोग र आफ्नै निरन्तरको प्रयासबाट सन्तानलाई राम्रो शिक्षा–दीक्षा दिँदै उनीहरूको भविष्य उज्ज्वल बनाउनेतर्फ लाग्न उहाँले जोड दिनुभयो।
ताजा खबर
सबै- सोलुखुम्बुमा कोशी प्रदेशका वस्तुको निर्यात सम्भावनाबारे अन्तरक्रिया, ५ देखि १० वर्षमा निर्यात दोब्बर बनाउने लक्ष्य
- श्रम संस्कृति सोताङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा खिलाराज नाछिरिङ चयन
- सोलुखुम्बुमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रसूति सेवा र एम्बुलेन्स सुदृढ गरिँदै
- काठमाडौँमा सञ्चालित खुम्बु पासाङल्हामु गाउँपालिकाको एकीकृत सेवा शिविर दुई दिन थप
- अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ ’ राख्न प्रस्ताव



2026-08-17-02-58-46.jpeg)



2026-08-22-03-46-25.jpeg)