काठमाडौँमा सञ्चालित खुम्बु पासाङल्हामु गाउँपालिकाको एकीकृत सेवा शिविर दुई दिन थप
सोलुखुम्बुः काठमाडौँमा बसोबास गर्दै आएका खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थायी बासिन्दाहरूलाई लक्षित गरी सञ्चालन गरिएको एकीकृत सेवा शिविरको समय अवधि दुई दिन थप गरिएको छ । साउन २ गतेदेखि ५ गतेसम्म सञ्चालन गर्ने भनिएको उक्त शिविर प्रणालीमा आएको प्राविधिक समस्या र सेवाग्राहीहरूको बाक्लो उपस्थितिलाई ध्यानमा राख्दै आगामी साउन ८ र ९ गतेसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार शिविरमा हालसम्म ७ सय भन्दा बढी नागरिकहरूले सेवा लिइसकेका छन्। तर, सामाजिक सुरक्षा प्रणाली तथा ’सुत्र’ प्रणालीमा बेलाबेलामा आउने प्राविधिक समस्याका कारण सोचेजस्तो द्रुत गतिमा काम गर्न केही असहजता भएको उहाँले बताउनुभयो। सोही कारण र सेवा लिन आउने सेवाग्राहीहरूको उच्च मागलाई सम्बोधन गर्न गाउँपालिकाले शिविरको म्याद दुई दिन बढाउने निर्णय गरेको अधिकृत गौतमको भनाइ छ।
वर्षात्को मौसममा दुर्गम हिमाली क्षेत्रसम्म पुगेर सेवा लिन कठिनाइ भइरहेको अवस्थामा काठमाडौँमै शिविर आयोजना हुँदा सेवाग्राहीहरू निकै उत्साहित बनेका छन्। विशेषगरी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अन्य प्रशासनिक कामहरू आफ्नै पायक पर्ने स्थानमा गर्न पाउँदा नागरिकहरूले राहत महसुस गरेको र यसले गाउँपालिकाप्रति सकारात्मक सन्देश प्रवाह गरेको अधिकृत गौतमले जानकारी दिनुभयो। कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाका कार्यवाहक अध्यक्ष, वडा अध्यक्षहरू र वडा सचिवहरूसहितको टोली खटिएर शिविरलाई प्रभावकारी बनाइरहेका छन्।
गाउँकार्यपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा बसोबास गर्ने खुम्बु पासाङल्हामुका नागरिकहरूलाई थप गरिएको समय (साउन ८ र ९ गते) भित्र उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ।
ताजा खबर
सबै- सोलुखुम्बुमा कोशी प्रदेशका वस्तुको निर्यात सम्भावनाबारे अन्तरक्रिया, ५ देखि १० वर्षमा निर्यात दोब्बर बनाउने लक्ष्य
- श्रम संस्कृति सोताङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा खिलाराज नाछिरिङ चयन
- सोलुखुम्बुमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रसूति सेवा र एम्बुलेन्स सुदृढ गरिँदै
- काठमाडौँमा सञ्चालित खुम्बु पासाङल्हामु गाउँपालिकाको एकीकृत सेवा शिविर दुई दिन थप
- अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ ’ राख्न प्रस्ताव



2026-08-17-02-58-46.jpeg)



2026-08-22-03-46-25.jpeg)