अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ ’ राख्न प्रस्ताव
सोलुखुम्बुः निर्मल पुर्जा ’निम्स दाइ’ को योगदानको उच्च कदर गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम ’अन्नपूर्ण निम्स दाइ फस्र्ट’ राख्ने प्रस्ताव तयार पारेको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार यो औपचारिक प्रस्ताव चाँडै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरिने योजना रहेको छ। बेलायतमा १३ गते उहाँको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकारसमक्ष यो प्रस्ताव आधिकारिक रूपमा अघि बढाइने उहाँले बताउनुभयो।
पुर्जाले आफ्नो चर्चित ’प्रोजेक्ट पसिबल’ अन्तर्गत आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने विश्वव्यापी अभियानको सुरुवात म्याग्दीस्थित अन्नपूर्ण हिमालबाटै गर्नुभएको थियो। आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने ऐतिहासिक अभियानको सुरुवात म्याग्दीबाटै भएकाले उहाँको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा ’निम्स दाइ’ जोड्न खोजिएको उहाँले बताउनुभयो।
हिमालको नामकरणका साथै पुर्जाको सालिक र संग्रहालय निर्माणका विषयमा पनि गम्भीर छलफल भइरहेको छ । परिवारले जग्गा उपलब्ध गराएमा सोही स्थानमा, अन्यथा पर्यटकीय दृष्टिकोणले चर्चित पुर्जाको घर नजिकैको रुप्से झरना क्षेत्रमा संग्रहालय बनाइनेछ । त्यहाँ पनि सम्भव नभए अन्नपूर्ण आधार शिविरमा संग्रहालय बनाउने तयारी गरिएको छ। आफ्नो गाउँ, ठाउँ र देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने व्यक्तित्वका लागि राज्यको तर्फबाट यति योगदान हुनैपर्ने धारणा व्यक्त गर्दै अध्यक्ष पुनले उहाँसहित अन्य पाँच जना आरोहीको निधन हुँदा राष्ट्रिय शोक वा बिदा नदिइएकोमा असन्तुष्टि जनाउनुभयो।
अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग, जसलाई फ्रान्सेली आरोहीको सम्मानमा ’मौरिस हर्जोग ट्रेल’ नामकरण गरिएको छ, त्यसमा पनि हर्जोगको परिवारसँग सल्लाह गरी पुर्जाको नाम थप्ने विषयमा छलफल भइरहेको छ। स्पेनकी उच्च हिमाली पर्वतारोहण पत्रकार एन्जेला बेनाभिडेसका अनुसार नेपाल सरकारले यो प्रस्ताव पारित गरेमा पर्वतारोहणको इतिहासमा एउटा नयाँ नजिर बन्नेछ, यद्यपि विश्वभर सामान्यतया हिमालको नामकरणमा स्थानीय तथा परम्परागत नामहरूलाई नै प्राथमिकता दिने गरिन्छ।
ताजा खबर
सबै- सोलुखुम्बुमा कोशी प्रदेशका वस्तुको निर्यात सम्भावनाबारे अन्तरक्रिया, ५ देखि १० वर्षमा निर्यात दोब्बर बनाउने लक्ष्य
- श्रम संस्कृति सोताङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा खिलाराज नाछिरिङ चयन
- सोलुखुम्बुमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रसूति सेवा र एम्बुलेन्स सुदृढ गरिँदै
- काठमाडौँमा सञ्चालित खुम्बु पासाङल्हामु गाउँपालिकाको एकीकृत सेवा शिविर दुई दिन थप
- अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ ’ राख्न प्रस्ताव



2026-08-17-02-58-46.jpeg)



2026-08-22-03-46-25.jpeg)