खुम्बु पासाङल्हामु गाउँपालिकाको शिविरबाट दुई लाख भन्दा बढी राजस्व संकलन
सोलुखुम्बुः काठमाडौँमा सञ्चालन भइरहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको एकीकृत सेवा शिविरबाट दुई लाखभन्दा बढी राजस्व संकलन भएको छ।तीन दिनसम्म सञ्चालन भएको एकीकृत सेवा शिविरबाट २ लाख २८ हजार ४५२ रुपैयाँ राजस्व संकलन भएको हो। शिविरबाट उक्त अवधिमा ५५१ जना सेवाग्राहीले विभिन्न सेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाका नागरिकलाई लक्षित गरी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गरेको हो। वडा कार्यालयबाट प्राप्त हुने सेवाहरू नागरिकलाई काठमाडौँबाटै सहज र छिटो उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत सेवा, व्यक्तिगत घटना दर्ता, विभिन्न प्रकारका सिफारिस तथा प्रमाणीकरण र व्यवसाय नवीकरण लगायत वडास्तरबाट प्रदान गरिने सेवाहरू उपलब्ध छ ।
गाउँपालिकाका नागरिकले सेवा लिनका लागि आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेकाले काठमाडौँमै एकीकृत रूपमा सेवा उपलब्ध गराइएको हो। एउटै स्थानबाट विभिन्न प्रशासनिक तथा व्यक्तिगत सेवा प्राप्त गर्ने व्यवस्था भएपछि सेवाग्राहीलाई समय, खर्च र झन्झट बचत भएको गाउँपालिकाले जनाएको छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु गाउँपालिकाको शिविरबाट दुई लाख भन्दा बढी राजस्व संकलन
- रास्वपा प्रवक्तामा खरेल, सङ्गठन विभाग प्रमुखमा न्यौपाने
- एसपिसिसीको कानुनी हैसियतबारे प्रतिनिधि सभामा सांसद रीना उप्रेतीद्वारा सरकारको ध्यानाकर्षण
- साउनमा २ सय ६३ पर्यटक पुगे सगरमाथा क्षेत्र, साढे ४ लाख बढी राजस्व सङ्कलन
- शेर्पा संघको केन्द्रिय बैठक र अभिमुखीकरण कार्यक्रम हुँदै



2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)
2026-08-16-11-55-56.jpeg)
2026-08-17-02-58-46.jpeg)
