साउन महिनामा सोलुखुम्बुमा १८ मुद्दा दर्ता, ५ फरार प्रतिवादी पक्राउ परी २ लाख बढी जरिवाना
सोलुखुम्बुः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा गत साउन महिनाभर कुल १८ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता हुनुका साथै अदालतको फैसला कार्यान्वयनका क्रममा ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। दर्ता भएका मुद्दामध्ये १३ वटा सामान्य, ३ वटा गम्भीर र २ वटा जघन्य प्रकृतिका रहेका छन्। सोही अवधिमा चालु १० वटा मुद्दाका १६ जना प्रतिवादीमध्ये १५ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने १ जना अझै फरार रहेको जनाइएको छ ।
फैसला कार्यान्वयनतर्फ पक्राउ परेका ५ जना फरार प्रतिवादीहरूबाट कुल ११ वर्ष कैद सजाय भुक्तान गराइनुका साथै २ लाख २५० रुपैयाँ नगद जरिवाना असुल गरिएको छ। यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका कसुरतर्फ दर्ता भएका ३ वटा मुद्दा नै महिला हिंसासँग सम्बन्धित रहेका छन्। उक्त अवधिमा बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध र ठगी वा बैंकिङ कसुरजस्ता आर्थिक अपराधसम्बन्धी कुनै पनि मुद्दा दर्ता भएका छैनन्।
नागरिक खोजतलास अभियानअन्तर्गत अघिल्लो समय हराएका १ जना पुरुष र २ जना बालिका गरी २ जनालाई सकुशल फेला पारी आफन्तको जिम्मा लगाइएको छ । जिल्लामा कानुनको कार्यान्वयन, अपराध नियन्त्रण र शान्तिसुरक्षाको स्थिति चुस्त राख्न प्रहरीले आफ्ना गतिविधि तीव्र पारिरहेको छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु गाउँपालिकाको शिविरबाट दुई लाख भन्दा बढी राजस्व संकलन
- रास्वपा प्रवक्तामा खरेल, सङ्गठन विभाग प्रमुखमा न्यौपाने
- एसपिसिसीको कानुनी हैसियतबारे प्रतिनिधि सभामा सांसद रीना उप्रेतीद्वारा सरकारको ध्यानाकर्षण
- साउनमा २ सय ६३ पर्यटक पुगे सगरमाथा क्षेत्र, साढे ४ लाख बढी राजस्व सङ्कलन
- शेर्पा संघको केन्द्रिय बैठक र अभिमुखीकरण कार्यक्रम हुँदै



2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)
2026-08-16-11-55-56.jpeg)
2026-08-17-02-58-46.jpeg)
