सोलुखुम्बुमा एक हप्तामा ट्राफिक नियम उल्लंघन गर्ने २३ सवारी साधन कारबाहीमा, २९ हजार भन्दा बढी राजस्व संकलन
सोलुखुम्बुः जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले पछिल्लो एक हप्ताको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न २३ वटा सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले पटक–पटक सचेत गराउँदा समेत नियमको बेवास्ता गर्ने सवारी साधनहरूलाई कारबाही गर्दा कुल २९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेहरूमा १३ वटा जिप तथा कार, ८ वटा मोटरसाइकल, एउटा टेम्पो र एउटा ट्रक रहेका छन्।
विशेषगरी मोटरसाइकल चालकहरूले हेल्मेट नलगाउने, दुई जनाभन्दा बढी सवार गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको पाइएकाले उनीहरूलाई कारबाही गरिएको हो। त्यसैगरी, जिपहरूले अघिल्लो सिटमा क्षमताभन्दा बढी यात्री राख्ने गरेको, ट्रयाक्टर र ट्रकहरूले क्षमताभन्दा बढी सामान ढुवानी गर्ने गरेको तथा चालकहरूले आवश्यक कागजात साथमा नराखी सवारी चलाएको पाइएको छ । तोकिएको क्षेत्रभन्दा बाहिर जथाभाबी पार्किङ गर्ने सवारी साधनहरूलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गराएको छ। कार्यालयले कारबाहीका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको जानकारी दिँदै सम्पूर्ण चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पूर्ण पालना गर्न हार्दिक अनुरोध समेत गरेको छ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा


2026-07-23-11-54-04.jpeg)




