शनिबार, ९ श्रावण, २०८३ (1772302500)
आइतबार फाल्गुण १७, २०८२

 सगरमाथा क्षेत्रमा नयाँ पदमार्ग निर्माण सम्पन्न

   सोलुखुम्बुः सगरमाथा जाने पर्यटकीय पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. ३ अन्तर्गत ठाडोकोशीदेखि नातिपाङ जोड्ने पदमार्ग निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
   चालु आर्थिक वर्षमा गाउँपालिकाले उक्त पदमार्ग निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। स्थानीयस्तरमा पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रकम छुट्याइएको जनाइएको छ। आयोजना सरकारी ठेक्का प्रणालीमार्फत नभई स्थानीयवासीको प्रत्यक्ष सहभागितामा सम्पन्न गरिएको हो। उपभोक्ता समिति गठन गरी सोही समितिमार्फत निर्माण कार्य पूरा गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
   नयाँ पदमार्ग निर्माणसँगै सगरमाथा आधार शिविर जाने तथा त्यस क्षेत्रमा पदयात्रा गर्ने पर्यटकलाई थप सहज हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय बासिन्दाको आवतजावतमा सुधार भई क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।