शनिबार, ९ श्रावण, २०८३ (1749579300)
बुधबार जेठ २९, २०८२

ओखलढुंगामा एक वृद्धको लडेर मृ-त्यु

सोलुखुम्बुः ओखलढुंगामा एक वृद्धको लडेर मृ-त्यु भएको छ । मंगलबार बिहान ६ बजे घाँस काट्न भनि घरबाट निस्किएका सुनकोशी गाउँपालिका–६, भुल्केका ७९ बर्षीय भिम प्रसाद गौतमको लडेर मृत्यु भएको हो ।मंगलबार अबेरसम्म पनि घर नफर्किए पछि आफन्तले खोजी गर्ने क्रममा सुनकोशी–६ कै पानी टयाङकी छेउको बाटोमा घासँको भारी सँगै लडेर मृत अवस्थामा दिउँसो ३ बजे आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्याललय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।घटनास्थल सरक्षित राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।