दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घ सोलुखुम्बुको माग
सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुले पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमाथि आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ । आज सल्लेरीमा विरोध प्रदर्शन गर्दै नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुले घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको हो ।
काठमाडौँमा पत्रकार सुरेश रजकको हत्या, अनलाइन खबरका पत्रकारमाथि भएको आक्रमण, कान्तिपुर टिभी, अन्नपूर्णपोस्टको कार्यालयमा गरिएको आगजनी तथा तोडफोड र विरुद्ध नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुले विरोध प्रदर्शन हो ।
नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले विरोध सभालाई सम्बोधन गर्दै शुक्रवार भएको रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमण निन्दनीय र भत्र्सनायोग्य रहेको बताउनुभयो ।
हिजो शुक्रवार तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको थियो । साथै केही सञ्चार गृहमा तोडफोडसमेत भएको थियो ।
आज पत्रकार महासङ्घको स्थापना दिवससमेत हो । तर महासङ्घले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी विरोध प्रदर्शन गरेको हो ।दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाले बिरामीलाई फलफूल वितरणको साथै दीप प्रज्वलन कार्यक्रम तय गरेको थियो । कार्यक्रममा जिल्ला स्थित पत्रकारहरूको उपस्थिति रहेको थियो ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा


2026-07-23-11-54-04.jpeg)




