शान्ति सुरक्षा कायम राख्न सोलु प्रहरीलाई वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन
सोलुखुम्बु : नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्ज काठमाडौंका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बुधबार अनुगमनका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालयअन्तर्गत अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा तथा हिरासत गृहको निरीक्षण गर्नुभएको हो ।
निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक तिवारीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा प्रहरीको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन तथा सुझाव दिनुभएको थियो । उक्त कार्यक्रमले प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाह र अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।
ताजा खबर
सबै- सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन
- माप्यमा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३३ हजार पाउने
- शान्ति सुरक्षा कायम राख्न सोलु प्रहरीलाई वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन
- सोलुखुम्बुमा मतदान स्थल तथा केन्द्र पुनरावलोकनको प्रक्रिया सुरु
- वी.पी. कोइराला संस्कृत विद्यापीठको प्राज्ञिक जर्नल ‘सर्वोच्च प्रभा’ को प्रथम अङ्क प्रकाशित







