सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
सोलुखुम्बुः हिमालयन स्पोट्र्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गत प्ले रग्बी नेपालको आयोजनामा नेपालमा रग्बी र खेल पर्यटन विकासको संयुक्त अभियान कार्यक्रम हुने भएको छ।‘एभरेस्ट रग्बी लिगेसी’ नाम दिइएको उक्त अभियान तीन चरणमा हुनेछ । पहिलो चरणमा ‘सात प्रदेश, सात अभियान’ को रूपमा सातै प्रदेशमा रग्बीको गतिविधि सञ्चालन गर्ने, दोस्रो चरणमा सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल सञ्चालन गरी विश्व कीर्तिमान कायम गर्ने र तेस्रो चरणमा सगरमाथा क्षेत्रको उचाइमा टी–वान रग्बी आयोजना गर्ने कार्यक्रम छ ।
शुक्रबार हिमालयन स्पोट्र्स म्यानेजमेन्टका अध्यक्ष विनोद तामाङले रग्बीको नेपालले अहिलेसम्म आयोजना गर्न लागेको बृहत् अभियानको घोषणा गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री सरल सहयात्रीले उक्त अभियानको उद्घाटन गरेका थिए ।नेपाल रग्बी संघको सहकार्यमा हुने अभियान नोभेम्बर २०२६ देखि २०२८ अप्रिलसम्म दुई वर्ष सञ्चालन हुनेछ । त्यसमा रग्बी विकासलाई युवा सशक्तीकरण, महिलाको सहभागिता, पर्यटन प्रवद्र्धन, सांस्कृतिक उत्सव, जलवायु परिवर्तन, वातावरणीय सचेतना तथा जिम्मेवार साहसिक पर्यटन जस्ता विषय जोडिनेछ ।
घोषणा कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वले उक्त अभियानलाई साथ दिने वाचा गरेका छन् ।आयोजक अध्यक्ष तामाङका अनुसार दुई वर्ष लामो यो अभियानले युवा विकास, महिला सशक्तीकरण, पर्यटन प्रवद्र्धन, जलवायु, सांस्कृतिक आदानप्रदान र रग्बी विकासमा टेवा पुग्नेछ । शुक्रवार घोषणा कार्यक्रममा उक्त बृहत अभियानबारे समूहगत छलफल पनि गरिएको थियो ।
ताजा खबर
सबै- सोलुखुम्बुमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
- सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
- सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?
- सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन
- स्थापना दिवसमा हुलाक कार्यालय सोलुखुम्बुले गर्यो हजारी जवाफ प्रतियोगिता





2026-10-04-10-29-10.jpeg)

2026-10-09-08-52-42.jpeg)