भारी वर्षा र हिमपातको जोखिमका कारण सोलुदूधकुण्डका सबै विद्यालय शुक्रबार बन्द रहने
सोलुखुम्बुःदेशभर मौसममा आएको बदलीसँगै सम्भावित प्राकृतिक विपत्तिको जोखिमलाई ध्यानमा राख्दै सोलुदूधकुण्ड नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू शुक्रबार (असोज ९ गते) एक दिनका लागि बन्द गरिने भएको छ। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसमविद्हरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेकोले सुरक्षा सतर्कता अपनाउँदै बिदा दिने निर्णय गरिएको हो।
जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार असोज ८ गते बिहीबारदेखि असोज १२ गते सोमबारसम्म कोशी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेको र यसका कारण बाढी, पहिरो, खोलानालामा पानीको बहाव बढ्ने तथा नदीको सतह उच्च भई जोखिम निम्तन सक्ने भएकाले विद्यार्थी र विद्यालयको सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुखस्तरीय निर्णयअनुसार असोज ९ गते शुक्रबारका दिन नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरी बिदा दिन÷गराउन आधिकारिक सूचनामार्फत अनुरोध गरिएको छ। साथै, प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमबाट बच्न विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई आवश्यक सतर्कता र सावधानी अपनाउन नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाद्वारा जारी सूचनामा आग्रह गरिएको छ।
ताजा खबर
सबै- भारी वर्षाको पूर्वानुमानः क्षति न्यूनीकरणका लागि सोलुखुम्बुका आठवटै स्थानीय तह उच्च सतर्क
- भारी वर्षा र हिमपातको जोखिमका कारण सोलुदूधकुण्डका सबै विद्यालय शुक्रबार बन्द रहने
- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन सात पालिकामा सम्पन्न, नेचासल्यानमा सहमति प्रयास जारी
- भारी वर्षाको जोखिमः बेलुका ६ देखि बिहान ६ बजेसम्म सवारी साधन नचलाउन जिल्ला प्रशासन सोलुको आग्रह
- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
2026-09-24-10-36-54.jpeg)


2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)
