सोलुखुम्बुकी बिनिसा कागेश्वरी नाच आइडल सिजन–३ को फाइनलमा, भोट गर्न अपिल
सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिका–५ निवासी बिनिसा राई कागेश्वरी नाच आइडल सिजन–३ को फाइनलमा प्रवेश गर्नुभएको छ। कला तथा नृत्य क्षेत्रमा आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै आउनुभएकी उहाँले विभिन्न प्रतिस्पर्धी चरणहरू सफलतापूर्वक पार गर्दै उपाधि नजिक पुग्नुभएको हो। फाइनलमा प्रवेश गरेसँगै उहाँले सोलुखुम्बुको प्रतिनिधित्व गर्दै आफ्नो प्रतिभा राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गर्नुभएको छ।
उहाँलाई विजयी गराउनका लागि सोलुखुम्बुवासीका साथै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण शुभेच्छुकहरूलाई भोटमार्फत सहयोग र समर्थन गरिदिन उहाँका नृत्य प्रशिक्षक फूरा शेर्पाले आग्रह गर्नुभएको छ। बिनिसालाई समर्थन गर्न इच्छुक दर्शक तथा शुभेच्छुकहरूले तोकिएको माध्यमबाट आफ्नो अमूल्य भोट प्रदान गर्न सक्नुहुनेछ। भोटिङको अन्तिम समय आगामी असोज ४ गते दिउँसो २ बजेसम्म मात्र रहेकाले सो समयभन्दा अगावै भोट गरेर उहाँलाई जिताउन प्रशिक्षक शेर्पाले विशेष अपिल गर्नुभएको छ। एम आर डान्स स्टुडियो, अरुण डान्स एकेडेमी र सनराइज डान्स स्टुडियोको संयुक्त आयोजनामा भइरहेको यो प्रतियोगिता हाल काठमाडौंको शंखमूल–बानेश्वरमा सञ्चालन भइरहेको छ।
ताजा खबर
सबै- भारी वर्षाको पूर्वानुमानः क्षति न्यूनीकरणका लागि सोलुखुम्बुका आठवटै स्थानीय तह उच्च सतर्क
- भारी वर्षा र हिमपातको जोखिमका कारण सोलुदूधकुण्डका सबै विद्यालय शुक्रबार बन्द रहने
- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन सात पालिकामा सम्पन्न, नेचासल्यानमा सहमति प्रयास जारी
- भारी वर्षाको जोखिमः बेलुका ६ देखि बिहान ६ बजेसम्म सवारी साधन नचलाउन जिल्ला प्रशासन सोलुको आग्रह
- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
2026-09-24-02-34-14.jpeg)
2026-09-24-10-36-54.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)
