सोलुखुम्बुमा ६ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
सोलुखुम्बु : सोलुखुम्बुमा आगामी कार्तिक १७ र १८ गते २ दिन राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँने भएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार उक्त कार्यक्रममा जिल्लाका ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
कार्यक्रमअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा तोकिएका वितरण केन्द्रमार्फत बालबालिकालाई औषधि खुवाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो उमेर समूहलाई पोषण तथा प्राथमिक स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण समूह मानिन्छ । स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा लगेर भिटामिन ए तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ । भिटामिन एले बालबालिकामा भिटामिन ए को कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्न सहयोग गर्ने तथा जुकाको औषधिले परजीवीजन्य संक्रमण नियन्त्रणमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
ताजा खबर
सबै- सगरमाथा क्षेत्रमा हिमपात सुरु, तल्लो क्षेत्रमा वर्षा, सवाधानी अपनाउन प्रशासनको अपिल
- सोलुखुम्बुमा ६ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
- कालिका देवी माध्यमिक विद्यालयमा शिक्षक तथा कर्मचारीद्वारा श्रमदान
- नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
- सोलुदुधकुण्डले गर्यो भोटेकोशी बाढीमा बेपताको सुचि सार्वजनिक, दावी विरोध पेश गर्न आग्रह







