शुक्रबार, १४ कार्तिक, २०८३ (1793211300)
बिहीबार कार्तिक १३, २०८३

चिसो बढेसँगै सोलुखुम्बुमा डाउन ज्याकेटको माग बढ्न थाल्यो 

 सोलुखुम्बु :  जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् ।  कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताउनुभयो  ।

सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङमाङले बताउनुभयो  । माग बढेपनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ। सोलुखुम्बु वस्त्रालयका सञ्चालक राजन भुसाल आदेश अनुसार ज्याकेट बनाउँदा ग्राहकलाई सस्तो पर्ने बताउँछन् । दैनिक ज्याकेटको व्यापारमा वृद्धि हुँदै गएको भुसालले बताउनुभयो  ।  अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले व्यापारमा वृद्धि भएको छ । जाडो चाँडै शुरु भएका कारण न्यानो कपडा किन्नेको सङ्ख्या बढेको हो ।