मंगलबार, ४ कार्तिक, २०८३ (1792347300)
सोमबार कार्तिक ३, २०८३

चाडपर्वको समयमा कानुनले निषेध गरेको कार्यहरु नगर्न सोलुखुम्बु प्रहरीको आग्रह 

     सोलुखुम्बु  : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले  दशै तिहारको  बेला  नियम विपरीत कार्य  नगर्न  नगराउन अनुरोध गरेको छ ।  नेपालीहरुको महान चार्ड दशै तिहार  नजिएसँगै विभिन्न किसिमका घटना घट्ने भएकाले समयमा नै सजगता अपनाउन अनुरोध गरेको छ । चार्डपर्वको समयमा जुवा, तास, डाईस खेल्न नपाउने, टोल छिमेकमा नौलो असामान्य व्यक्तीहरु बारम्बार देखिएमा निगरानी राखी  सोधपुछ  गर्न प्रहरीले आग्रह गरेको छ ।

रातको समयमा कोही कसैले ढोका ढकढक्याएमा नचिनिकन ढोका नखोल्न, सम्भब भएसम्म घर, टोल  छिमेकीमा बत्तीको व्यवस्था गरि आपतकालिन साईरन राख्न समेत प्रहरीले सुझाव दिएको छ ।   धुम्रपान, मध्यपान, गर्दा झैझगडा बढि हुने भएकाले सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान, गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा  प्रहरी नायब उपरीक्षक नविन राजा बुढाथोकीले बताउनुभयो ।