शनिबार मङ्सिर ६, २०८३
दुधकोशी नदिमा ह्युम पाइप, लोखिम र जुबु सिधा सडक सञ्जालमा जोडियो
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको लोखिम र जुबु सिधा सडक सञ्जालमा जोडिएको छ । थुलुङ दुधकोशी–६ मुक्ली र वडा नम्बर ५ जुबु जोड्ने दुधकोशी नदिमा ह्युम पाइप राखिएसँगै कोशी पारीको वडाहरु गाउँपालिकासँग सिधा सडक सञ्जालमा जोडिएको हो । नदिमा पानीको बहाब कम भए सङ्गै सिधा सवारी सन्चालको लागि मंसिर १ गतेबाट नदिमा ह्युम पाइप राख्न थालिएको थियो ।
जसको लागि इन्जिनियर सहितको टोलिले स्थलगत अध्ययन गरेको थियो । २८ वटा ह्युम पाइप मार्फत नदिको पानी निकास गरिएको गाउँपालिकाले जनाएको छ । उक्त नदिमा ह्यमु पाइप यस पटक दुधकोशी हाइड्रोपावरले राखेको छ । उक्त नदिमा पक्की पुल निर्माणको लागि ठेक्का परेको भएपनी कम्पनीले ढिला सुस्ती गरिरहेको गाउँपालिकाले जनाएको छ ।







