सोलुदुधकुण्ड नगरपालिकाद्वारा ब्याकहो लोडर र स्काभेटर भाडामा लिन दरभाउ पत्र आह्वान
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगरभित्रका सबै वडाहरूमा विपद् व्यवस्थापन, सडक सरसफाइ, सडक स्तरोन्नति तथा ट्र्याक खोल्ने लगायतका कार्यका लागि आवश्यक मेसिनरी औजारहरू भाडामा लिन दरभाउ पत्र आह्वान गरेको छ । नगर कार्यपालिकाको कार्यालय, सल्लेरीले आज एक आधिकारिक सूचना जारी गर्दै इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट ७ (सात) दिनभित्र शिलबन्दी दरभाउ पत्र पेश गर्न आग्रह गरेको हो।
सूचना अनुसार मेसिनरीहरू नगरपालिकाको आवश्यकता बमोजिम तत्काल उपलब्ध गराउनुपर्नेछ । दरभाउ पत्र पेश गर्दा इन्धनसहित र इन्धनबाहेकको छुट्टाछुट्टै दर उल्लेख गर्नुका साथै स्काभेटरको हकमा बकेट र ब्रेकरको दर पनि छुट्टाछुट्टै खुलाउनुपर्नेछ । सम्झौताको अवधि २०८४ असार २० गतेसम्म कायम रहने नगरपालिकाले जनाएको छ । आवेदनका साथमा दर्ता प्रमाणपत्र र नवीकरण भएको प्रमाण, स्थायी लेखा नम्बर प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, मेसिनरीको ब्लुबुक, र चालकको सवारीचालक अनुमतिपत्र (ीष्अभलकभ) अनिवार्य रूपमा संलग्न गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाद्वारा जारी सूचनामा उल्लेख छ ।
ताजा खबर
सबै- सोताङ प्राथमिक अस्पतालद्वारा सामाजिक सञ्जालमा सार्वजनिक विषयप्रति स्पष्टीकरण, चिकित्सकको व्यवहारप्रति क्षमा याचना
- सोलुदुधकुण्ड नगरपालिकाद्वारा ब्याकहो लोडर र स्काभेटर भाडामा लिन दरभाउ पत्र आह्वान
- एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
- आज र भोलि सुन र चाँदीका सिक्का किन्न पाइने
- नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी

2026-11-05-07-40-23.jpeg)





