बिहीबार, ८ असोज, २०८३ (1789928100)
सोमबार असोज ५, २०८३

   मिटर बक्स सर्ट भई माप्यदूधकोशीमा दुईतले घर जल्यो


   सोलुखुम्बु ः माप्यदूधकोशी गाउँपालिका–७, हाकुला स्थित चामासिंह विकको घरमा विद्युतको मिटर बक्स सर्ट भई आगलागी भएको छ।   आइतवार दिउँसो अन्दाजी १२ः०० बजेको समयमा ढुङ्गा, माटोको गारो र टिनको छानो भएको दुई तले घरमा अचानक बिजुलीको मिटर बक्स सर्ट भई आगोलागी भएको हो। 
  आगलागी भएको खबर दिउँसो १२ः४० बजे प्रहरी चौकी वाकु, सोलुखुम्बुमा प्राप्त हुनासाथ प्रहरी हवल्दार कुलानन्द यादवको कमान्डमा ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।   प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा दिउँसो २ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।  
   उक्त आगलागीबाट घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका भाडाबर्तन, अन्नपात, लत्ताकपडा, नागरिकता, धनीपुर्जा लगायतका महत्वपूर्ण कागजातहरू र नगद रु. २०,००० (बीस हजार) पूर्ण रूपमा जलेर नष्ट भएको छ । दुर्घटनामा अन्य मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।