समाचार

  • १५ जिल्लाका २४ स्थानीय तह: जान्नुस् कहाँ किन मतगणना सुरु हुन सकेन

    news

    पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानीय तहमध्ये २४ वटा स्थानीय तहमा मतगणना सुरु हुन सकेको छैन ।

    समयमा मतगणना सुरु हुन नसक्नुमा निर्वाचन आयोगले विभिन्न कारणहरु दिएको छ । उही जिल्लामा केही ठाउँमा मतगणना भएर धमाधम परिणाम सार्वजनिक भइरहँदा कतै भने गणना नै सुरु नहुँदा पार्टीका शुभेच्छुक र आम मतदाता व्यग्र र चिन्तित बनिरहेका छन् ।

    कतै सर्वदलीय बैठकमा सहमति नजुट्दा र कतै मतपेटिका मतगणना स्थलसम्म ल्याउन सम्भव नहुँदा गणना सुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । कतै भने दलहरुको मतभेद र मतपत्रमा देखिएको चिह्न विवादका कारण पनि गणनामा ढिलाइ भइरहेको छ ।

    आयोगका अनुसार, दोलखा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर, लमजुङ, बाग्लुङ, म्याग्दी, दैलेख, सल्यान, रुकुम, कालिकोट, डोल्पा, मुगु र हुम्लाका स्थानीय तहहरुमा मतगणना हुन नसकेको हो ।

    मतपेटिका ढुवानी गर्न असुविधा रहेका दुर्गम भेगहरुबाट हेलिकोप्टरबाट भोलिसम्ममा गणना स्थलमा ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

    मतगणना हुन बाँकी रहेका ठाउँहरुबारे निर्वाचन आयोगको विवरण यस प्रकार छ:

    सि.नं प्रदेश जिल्ला मत गणना सुरु नभएका स्थान कारण
    दोलखा शैलुङ गा.पा. ३१ गते को घटनाको
    दोलखा मेलुङ गा.पा.
    दोलखा गौरीशंकर गा.पा.
    रामेछाप उमाकुण्ड गा.पा. मतपेटिका ढिलो पुगेको
    रामेछाप दोरम्बा गा.पा.
    रामेछाप खाडादेवी गा.पा.
    धादिङ नीलकण्ठ न.पा. सर्वदलीय बैठकमा छलफल भैरहेको
    सिन्धुपाल्चोक इन्द्रावती गा.पा. चण्डेश्वरीको हिजोको आखा नदेख्ने मानिसको भोटको विवाद
    भक्तपुर चाँगुनारायण न.पा मतपत्रमा मादल चिह्न नभएकोले विवाद
    १० लमजुङ क्होलोसोथार गा.पा. सर्वदलीय बैठकमा छलफल भैरहेको
    ११ बाग्लुङ गलकोट गा.पा. सर्वदलीय बैठकमा छलफल भैरहेको
    १२ म्याग्दी धवलागिरी गा.पा. मतपेटिका ढिलो पुगेको
    १३ दैलेख नौमुले गा.पा. मतपेटिका ढिलो पुगेको
    १४ सल्यान बनगाड कुपिण्डे न.पा. सर्वदलीय बैठकमा छलफल भैरहेको
    १५ रुकुम आठबिसकोट गा.पा. मतपेटिका ढिलो पुगेको
    १६ कालिकोट कालिका गा.पा. मतपेटिका ढिलो पुगेको
    १७ कालिकोट माहावै गा.पा. सर्वदलीय बैठकमा छलफल भैरहेको
    १८ डोल्पा डोल्पो बुद्ध गा.पा. मतपेटिका ढिलो पुगेको
    १९ डोल्पा ताङ्ङचोङ गा.पा. सर्वदलीय बैठकमा छलफल भैरहेको
    २० मुगु सुगम कर्मारो गा.पा. मतपेटिका ढिलो पुगेको
    २१ मुगु सोरु गा.पा. मतपेटिका ढिलो पुगेको
    २२ हुम्ला नाम्खा गा.पा. मतपेटिका ढिलो पुगेको
    २३ हुम्ला सर्केगाड गा.पा. मतपेटिका ढिलो पुगेको


    मतपेटिका मतगणना स्थलसम्म आउन बाँकीः

    सि.नं प्रदेश जिल्ला स्थानिय निकाय मतदान केन्द्र आइपुग्न सक्ने सम्भावित मिति
    हुम्ला नाम्खा गा.पा. बुद्द आ.बि. आज साँझ आइपुग्न सक्ने
    हुम्ला नाम्खा गा.पा. तातोपानि आ.बि. आजसाँझ आइपुग्न सक्ने
    हुम्ला नाम्खा गा.पा. मोतिराम आ.बि. आजसाँझ आइपुग्न सक्ने
    हुम्ला नाम्खा गा.पा. सुनकोठी आ.बि. हेलि लिफ्ट हुने
    हुम्ला नाम्खा गा.पा. भृकुटी आ.बि. हेलि लिफ्ट हुने
    हुम्ला नाम्खा गा.पा. हिमशिखर आ.बि. हेलि लिफ्ट हुने

    नोट: मौसम राम्रो भएमा आज अन्यथा भोलि २ गते हेलि लिफ्ट हुने

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org