समाचार

  • झापामा ५ किलो चरेससहित एक पक्राउ

    news

    झापामा प्रहरीले पाँच किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

    धादिङ, गजुरी गाउँपालिका-४, किरान चौर घर भई हाल काठमाडौंको बालाजुमा डेरी सञ्चालन गरी बस्दै आएका ३८ वर्षीय सिंहबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

    बिर्तामोड-१ स्थित पश्चिम बस स्टेण्डबाट विहीबार दिउँसो उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशव थेबेले जानकारी दिए ।

    उनलाई लागुऔषध नियन्त्रण व्युरो, काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org