समाचार

  • लुम्बिनी अञ्चल अस्पतालले लैङ्गिक हिंसामा परेकालाई सबै सेवा एकै ठाउँबाट दिने

    news

    लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो।

    उक्त केन्द्रबाट यस क्षेत्रका १३ जिल्लाका हिंसापीडितको स्वास्थ्य उपचार गरिनेछ। विभिन्न प्रकारका हिंसाबाट पीडितको कानुनी प्रक्रिया पुर्‍याएर स्वास्थ्य सेवा दिइने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र सञ्जेल क्षेत्रीले जानकारी दिए।

    केन्द्रबाट हाललाई दुईवटा शैय्याबाट सेवा शुभारम्भ गरिएको र मागअनुसार शैय्या सङ्ख्या थप गर्न सकिने अस्पतालले जनाएको छ। हिंसामा परेका व्यक्तिलाई केन्द्रबाट परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना गरिने बताइएको छ। केन्द्रमा स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण संरक्षण, मानसिक एवं मनोवैज्ञानिक परामर्श सेवा दिइनेछ। रासस

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org