समाचार

  • रोनाल्डो क्लब : च्याम्पियन्स लिग इतिहास

    news

    वैशाख २५ – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म एक सय तीन गोल गरेका छन् । च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डो प्रतियोगितामा एक सय भन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन् ।

    च्याम्पियन्स लिगको २५ वर्षको इतिहासमा क्लबको कुरा गर्ने हो भने अहिलेसम्म २२ क्लबले एक सय भन्दा बढी गोल गरेका छन् । रोनाल्डो ‘क्लब’ भएको भए च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता टिमको सूचिमा उनी २३ स्थानमा रहने थिए ।

    रोनाल्डोले यो सिजन प्रतियोगितामा अहिलेसम्म १० गोल गरेका छन् । उनले पछिल्लो तीन खेलमा ८ गोल गरेका छन् । च्याम्पियन्स लिगको इतिहासमा क्लबको

    तर्फबाट धेरै गोल गर्ने टिम रियल मड्रिड हो । उसले अहिलेसम्म चार सय ९८ गोल गरेको छ । दोस्रो स्थानको बार्सिलोनाले चार सय ५९ तथा तेस्रो स्थानको बार्यन म्युनिखले चार सय १५ गोल गरेको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org