समाचार

  • साबिक देउसा ६ का भुकम्प प्रभावीतद्धारा पुनःलगत संकलनको माग ।।

    सुमन श्रेष्ठ,सोलु एफ एम सोलुखुम्बु, साबिकको देउसा ६ का भुकम्प प्रभावितहरुले पुनः लगत संकलनका लागि पुनः निर्माण प्राधिकरणलाई माग गरेका छन् । भुकम्प प्राधिकरणबाट छुट्टीएका इन्जीनीयरहरुले पछिल्लो पटक अनुगमन गरि तयार पारेको तथ्यांकमा पुर्ण क्षती भएका घर धुरीको पनि नामावली सार्वजनीक नभए पश्चात उनीहरुले प्राधिकरण समक्ष माग पत्र पठाएको हो ।

    उनीहरुले आज जिल्ला प्रशासन कार्यालयमा उपस्थिती भई हस्ताक्षर सहितको माग पत्र प्रमुख जिल्ला अधिकारी समक्ष पठाएको छ । भुकम्प प्रभाबितहरुको यस अघिको तथ्यांकमा पुर्ण क्षती भई टहरामा बस्दै आएता पनि पछिल्लो पटकको लगत संकलनको क्रममा प्रतिबेदनमा नावावली नआए पश्चात स्थानिय आक्रोसित भएका छन् । उनीहरुले पुनः निर्माण प्राधीकरणका इन्जीनीयरको मनोमानी र लापरवाहीका कारण आफुहरु मारमा परेको आरोप लगाएका छन् ।

    साबिकको देउसा गाबिस वडा नं ६ मा रहेको २ सय ४० घर धुरी मध्य ६० प्रतिशत पुर्ण क्षतीमा परेको तर पछिल्लो पटको अनुगमनको क्रममा आंशिक क्षतीमा समेत नाम नआए पछि आफुहरु चिन्तीत रहेको बताएका छन् । उनीहरुले क्षतिको बिवरण पुनः अनुगमन गरि वास्तबिक प्रभावीतहरुलाई राहत उपलब्ध गराईदिन माग गरेका छन् । निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आफुले पुन निर्माण प्राधिकरणमा यो निवेदन जस्ताको तस्तै पेस गर्ने आश्वासन दिनु भएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org