समाचार

  • जिल्ला अस्पताल फाप्लुमा पुरुष बन्ध्याकरण सेवा सुरु ।

    news

    सोलु एफ.एम २७ पुस 
    सोलुखुम्बु ः जिल्ला अस्पताल फाप्लुमा शुक्रबार देखि पुरुष बन्ध्याकरण सेवा सुरु भएको छ । महिलाको मात्र स्थायि बन्ध्याकरण गरिरहेको अस्पतालले शुक्रबारदेखि पुरुष बन्ध्याकरण पनि सुरु गरेको हो ।
         पहिला शिविर राखेर बन्ध्याकरण गरिदै आएको भए पनि अव जनसुकै समयमा पनि बन्ध्याकरण सेवा प्रदान गर्न सकिने जिल्ला अस्पताल फाप्लुका सुचना अधिकारी सानि शेर्पाले जानकारी दिनु भयो । सेवा सुरु भएसँगै अव बन्ध्याकरणका लागि शिविरै कुर्नु पर्ने तथा जिल्ला वाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको समेत शेर्पाको भनाइ छ ।
         जिल्ला अस्पतालमा अहिले डाक्टर मिङ्मार छिरिङ शेर्पाले बन्ध्याकरण सेवा दिने सुचना अधिकारी शेर्पाले बताउनु भयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org