समाचार

  • समाचार प्रभावः कृषि विकास बैंकले दिन थाल्यो भुकम्प पिडितलाई रकम ।

    news

    सोलु एफ.एम २७ पुस 
    सोलुखुम्बु ः   कृषि विकास बैंक जिल्ला शाखा सोलुखुम्बुले भुकम्प पिडितलाई प्रदान गरिने अनुदानको रकम पुनः वितरण थालेको छ । बैंकमा रकम नभएको भन्दै बैंकले पुस २३ गते भुकम्पको किस्ता लिन आएका पिडितलाई रित्तो हात फर्काएको थियो ।
    कृषि विकास बैंकको नोट कोष राष्ट्रिय बाणिज्य बैँक सल्लेरीमा भएको र राष्ट्रिय वाणिज्य बैंकले  रकम आउन ढीला हुने भनेको भन्दै कृषि विकास बैँकले रकम नदिएको बताएको थियो । यता बाणिज्य बैंकले भने आफुहरुसंग रकम अभाव नभएको तर कृषि बिकास बैंकले समन्वय नगरेको बताएको थियो । बैंकले रकम नदिदा हजारै खर्च गरेर सल्लेरी आएका दर्जनौ सेवाग्राही रित्तो हात फर्केका थिए ।
    बैंकले रकम नदिएको विषयमा सोलुएफएमले समाचार रिपोर्ट समेत प्रशारण गरेको थियो । २३ गते रिपोर्ट बजे पछि बैंकले २४ गतेदेखि नै रकम दिन सुरु गरेको बैँकका शाखा प्रवन्धक डिल्ली बहादुर कार्कीले जनाकारी दिनुभयो । अब भुकम्प पिडितले अनुदान रकम लिन सक्ने उहाँको भनाई छ ।
    उहाँले फिर्ता पठाएका सेवाग्राहिलाई माघ २ गते पछि आउनु भनेको भए पन अहिले धमाधम रकम दिने काम भइरहेको जानकारी दिनुभएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org