समाचार

  • प्रथम अध्यक्ष कप रनिङशिल्डको तयारी अन्तिम चरणमा ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम २७ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा आयोजना हुने प्रथम अध्यक्ष रनिङशील्ड प्रतियोगिताको तयारी ९० प्रतिशत सकिएको छ । आयोजकले तयार पार्नु पर्ने शिल्ड, मेडल, प्रमाण पत्र र आयोजकका खेलाडिको पोषाक तयार पारिसकेको बताईएको छ । साथै म्याराथुन धावकलाई दिइने पोसाक पनि सबै तयारी भईसकेको खेल संयोजक रामसंघर्ष किरातिले जानकारी दिनुभयो ।
         गाउँपालिकाको केन्द्र मुक्लीमा यहि माघ ५ देखि ७ गते सम्म भलिवल, एथलेटिक्स, म्याराथुन, ब्याटमिन्टन, मार्सल आर्ट्स र नृत्य प्रतियोगितको आयोजना गरिएको छ । खेल मैदान सम्याउने र व्यवस्थापनका अन्य कार्य अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अहिले मञ्च निर्माणको कार्य मात्र बाँकी रहेको र त्यो पनि छिट्टै सिकने बताईएको छ ।
    उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यका साथ गाउँलाई खेलकुदका माध्यामबाट समेत परिचित गराउन अध्यक्ष रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्तरीय अध्यक्ष रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने थुलुङदुधकोशी जिल्लाकै पहिलो रहेको छ । कार्यक्रमको उद्घाटन सांसद हेम कुमार राई (सुरविर)ले गर्ने कार्यतालिका रहेको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org