समाचार

  • मेयरको कार्यशैलिप्रति असन्तुष्टि जनाउँदै नगर सभा वहिस्कार ।

    news

    सोलु एफ.एम २७ पुस 
    सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरकार्यपालिका तथा नगरसभा सदस्यहरुले चौथो नगर सभा तथा नगरपालिकाको सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै आफुृहरुको असहमतिका बिषयमा नगरप्रमुखद्धारा सम्बोधन नभएसम्म नगरसभा तथा अन्य कार्यक्रम समेत बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
    सोही विज्ञप्ती मार्फत शुक्रबारबाट सुरु भएको चौथो नगरसभा समेत बहिस्कार गरेको बताईएको छ । नगरसभा सञ्चालन सम्बन्धी ऐन विपरित नगरसभा आयोजना गरिएको भन्दै नगरसभाका २२ जना सदस्यहरुले लिखित रुपमै बहिष्कार गरेका हुन् ।
    उनीहरुले नगरसभा सञ्चालन ऐन बमोजिम एजेन्डा अग्रिम उपलब्ध गराउनु पर्ने भएपनि विना एजेन्डा नगरसभा गरिएको, कार्यपालीकाको निर्णय विपरित नगरप्रमुखले एकलौटि योजना विनियोजन गरेको, विभिन्न मेसिन औजार आफुखुसी भाडामा लिई एकलौटि रुपले प्रयोग गरेको लगायत असन्तुष्टि व्यक्त गरिएको छ ।
    त्यसैगरी नगरसभाको निर्णय विना विभिन्न सञ्चार माध्यमलाई हेल्लो मेयर तथा अनलाईन ईन्टरनेट सञ्चालन अनुमती दिएको, नगरपालीका भवन विना टेन्डर नगरपालिकाका कर्मचारीलाईनै दिइएको, वडा शिक्षा समितिको सिफारिस विना शिक्षक नरबन्दी मिलान गरेको, नगरप्रमुखकै उपस्थितिमा बेनी खोला बेलि ब्रिजको ठेकेदारसंग मिलि बेनी हाईड्रोका सञ्चालकहरु माथि बिना कारण अपमानजनक कार्यगरेको,  योजना तथा कार्यक्रम तर्जुमा समितिको बैठक उपप्रमुखको अध्यक्षतामा हुनुपर्नेमा बिना निर्णय मेयर आफैले एकलौटी ढंगले सञ्चालन गरेको लगाएत ९ वटा असहमती जनाएको छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org