समाचार

  • सोलुखुम्बुमा भालुको आक्रमणबाट घाईते हुने क्रम बढ्दो ।

    news

    सुबास दर्नाल,सोलु एफ.एम
    सोलुखुम्बु पुस २७ ः हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो सयम भालुको आतङ्क बढेको छ । विगत तिन बर्ष यताको तथ्याकंलाई केलाउदा सोलुखुम्बुमा भालुको आतंक क्रमिक रुपले बढेको पाइएको हो । जिल्ला प्रहरी कार्यलय  सोलुखुम्बुको तथ्यंक अनुसार आर्थिक बर्ष २०७३÷०७४ सालमा भालुको आक्रमणबाट १ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका थिए । २०७४÷०७५ मा उक्त सख्यां बढेर ५ जना पुगेको थियो । भने चालु अािर्थक बर्षको ६ महिनामै ७ जनालाई भालुले आक्रमण गरी घाईते बनाईसकेका छन् । यसरी हेर्दा आलुको आक्रमणबाट घाईते हुनेको सख्यां क्रमबद्ध रुपमा बढिरहेको छ । 
         आर्थिक वर्ष २०७३÷०७४ देखि हाल सम्म भालुको १५ जनालाई भालुले आक्रमण गरी घाईते बनाएका छन् भने १ जनाको ज्यान गएको छ । घाइते हुनेहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन । चालु आर्थिक वर्षमा भालुको आक्रमणबाट घाइते हुनेहरुमा सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका ४ जना र महाकुलुङ गाउँपालिकाका ३ जना रहेका छन । 
      सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका मन कुमारी मगर, सानुमाया मगर र पेम्बाछिरि तामाङ र वडा नम्बर ४ का दिल बहादुर भुजेललाई भालुले आक्रमणमा गरी घाईते भएका छन् । त्यस्तै महाकुलुङ गाउँपालिका वडा नम्बर १ का गम्भिरधन राई, वडा नम्बर २ का उत्तर कुमार राई र वडा नम्बर ३ का पासाङ दावा शेर्पालाई पनि भालुले आक्रमण गरी घाईते बनाएका हुन् । घाइतेहरु अधिकाशं उपचार पछि घर पर्किएका छन भने केहिले अझै पनि उपचार गराइरहेका छन ।
     भालुले मुख्य गरी मकै पाक्ने समय साउन देखि मसिंर महिना सम्ममा बढि आक्रमण गर्ने गरेको देखिएको छ । भालु कलिलो मकै खान बढि रुचाउने भएकाले मकै पाक्ने सिजनमा भालु बढि आक्रमण हुने गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख डिएसपि शालिग्राम शर्माले बताउनुभयो । उहाँका अनुसार अन्य समयमा पनि फाट्टफुट्ट भालुले आक्रमण गर्ने गरेको भए पनि मकै पाक्ने सिजनमा भने घर वरिपरि तथा नजिकैको जगंलमा नै भालु बस्ने भएकाले मानिसलाई आक्रमण गरेका हुन् । भालुले चालु आर्थिक बर्षमा मात्रै मानिसका साथै दर्जन भन्दा बढि घरपालुवाा पशुचौपायलाई समेत मारेको तथा घाईते बनाएका छन् ।
    महिनौ वित्यो घाईतेहरुले अझै उपचार खर्च पाएनन्  
    सोलुखुम्बुमा भालुको आक्रमणबाट घाइते भएका पिडितले तीत महिना वितिसकेपनि क्षतिपुर्ति नपाएको गुनासो गरेका छन् । चालु आर्थिक बर्षमा घाईते भएका ७ जनाले हाल सम्म सरकारले दिने भनिएको उपचार बापतको खर्च नपाएको गुनासो गरेका हुन । बन्यजन्तुबाट भएको क्षतिको राहत सम्बन्धी निर्दे्शिका २०७३ मा बन्यजन्तुको आक्रमणबाट कुनै क्षति भएमा क्षति अनुसार २ लाखसम्म र मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपुर्ति दिने व्यवस्था रहको छ ।
     कुनै क्षति भएमा वा मानीसलाई घाईते भएमा प्रहरी कार्यलयको मुचुल्का सहित सम्बन्धीत घटनाको फोटो, स्वास्थ्य संस्था, सम्बन्धित वडा, सामुदायिक बनको सिफारिस र घईते व्यक्तिको उपचारको विल भर्पाई सहित ३५ दिनसम्म निवेदन दिएमा बढिमा २ लाख सम्म क्षतिपुर्ति दिने व्यवस्था रहेको जनाईएको छ । तर घाईतेहरुले कानुनी मापदण्ड पुरा गरि दिबेदन दिईसकेको भएपनि हाल सम्म बन डिभिजन कार्यालय सोलुखुम्बुले क्षतिपुर्ति उपलब्ध नगराएको पिडितहरुको दाबी छ । 
    भालुले घाईते बनाएका पेम्बा छिरिङ तामाङले कात्तिक ११ गते  विल भरपाई सहित निबेदन दिएको भएपनि हाल सम्म क्षतिपुर्ति नपाएको गुनासो गर्नुभयो । बन डिभिजन कार्यालय मार्फत नेपाल सरकारले उपचार खर्च दिने भएपनि अहिले सम्म आश्वसन मात्र दिने गरेको अर्का पिडित मन कुमारी मगरको भनाई छ । पिडितले बिल भपाई बुझाएपनि उपचार खर्च नपाएको गुनासो गरिरहँदा यता बन डिभिजन कार्यालय सोलुखुम्बु भने यस विषयमा बेखर जस्तै देखिएको छ । कार्यलयका प्रमुख डा. इन्द्र प्रसाद सापकोटाले कार्यालयमा बिल भपाईनै नआएको बताउनुभयो । बिल प्राप्त भयो भने तत्काल भुक्तानीको प्रकृया अगाडी बढाउने उहाँको भनाई छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org