समाचार

  • सगरमाथा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण ।

    news

    सोलु एफ.एम २६ पुस 
    सोलुखुम्बु ः  सोलुखुम्बुको सगरमाथा माध्यमिक विद्यालय माप्यदुधकोशी गाउँपालीका ६ वाकुलाई दाताबाट सहयोग प्राप्त भएको छ । मनभिशु नेपाल फाउन्डेसन काठमाण्डौ नामक गैरसरकारी सस्थांले विद्यालयका १ सय १९ जना विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको हो ।
     फाउन्डेसनले शिशु कक्षा देखि कक्षा ५ सम्मका  विद्यार्थीलाई विद्यालय पोसाक स्वीटर वितरण गरेको विद्यालयले जनाएको छ । उक्त सस्थांले विद्यालयका ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृद्धि समेत प्रदान गरेको छ । करिब २ बर्ष देखि विद्यालयलाई सहयोग गर्दै आएको सो फाउन्डेसनले विद्यालयलाई विभिन्न भौतीक निर्माणमा समेत सहयोग गर्दैआएको वाकुबाट देवी प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भुकम्पले क्षतिग्रस्त विद्यालयको भवन समेत फाउन्डेसनले नै निर्माण गरिदिएको हो ।
         यसैविच फाउन्डेसनका एक सदस्यले विद्यालय फर्निचरका लागी २ लाख सहयोग गर्नुभएको छ । फाउन्डेसनका सदस्य ईटालियन नागरिक फाउस्टाले विद्यालय फर्निचरका लागी नगद २ लाख विद्यालयलाई विहिबार हस्तान्तरण गर्नुभएको हो ।
          विश्व साईकल यात्री समेत रहेका ईटालियन नागरिक फाउस्टाले सगरमाथा माध्यमिक विद्यालय कक्षा १० का ७० जना विद्यार्थीलाई अध्ययन खर्च बापत १ लाख रुपैया समेत प्रदान गरेको वाकुबाट देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
     उहाँले तिलबारी खानेपानी मर्मतका लागी ५० हजार नगद प्रदान गर्नुभएको बताइएको छ । विश्व साईकल यात्री फाउस्टाले स्थानिय एक भुकम्प पिडितलाई समेत आर्थिक सहयोग गर्नुभएको छ । भुकम्पका कारण घर क्षति भएर पनि पुनःनिर्माण गर्न नसकेका स्थानिय जन्तरे राईलाई  उहाँले घर निर्माणका लागि विहिबारै २ लाख ५० हजार नगद सहयोग गर्नुभएको हो । विश्व साईकल यात्री फाउस्टाले आफुलाई आफ्ना साथीहरुले साईकल यात्राका लागी सहयोग गरेको रकम विद्यालय तथा स्थानियलाई प्रदान गरेको बताउनुभएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org