समाचार

  • भुकम्प पिडितले लिएको पहिलो किस्ता बापतको अनुदान धमाधम फिर्ता गर्दै ।

    news

    सोलु एफ.एम २२ पुस 
    सोलुखुम्बु ः सोलुखुम्बु जिल्लामा भुकम्प पिडितले लिएको पहिलो किस्ता बापतको  अनुदान रकम फिर्ता गरेका छन । लिखुपिके गाउपालिका ९ का जाङबु शेर्पाले आइतबार प्रधिकरणमा आएर तत्काल घर निमार्ण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गर्नुभएको प्राधिकरणकी सामाजिक  परिचालक माया शेर्पाले जानकारी दिनुभयो ।
    २०७२ सालको  भुकम्पले लिखुपिके गाउपालिका ९ गोलीका जाङबु शेर्पाको घर पुर्णक्षतीमा परेको भए पनि तत्काल घर बनाउन नसक्ने  भएपछि अनुदान रकम फिर्ता गरेको शेर्पाले  बताउनुभयो ।
    अहिले सम्म  सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने ३ जना रहेको राष्ट्रिय पुनःनिर्माण प्रधिकरण जिल्ला आयाोजना कार्यान्यन इकाइ सोलुखुम्बुले जनाएको  छ ।  सोलुदुधकुण्ड नगरपालिका ११ का बलबहादुर  कार्की र सोलुदुधकुण्ड नगरपालिका ६ का छिरिङ शेर्पाले पनि पहिलो  किस्ता बापतको अनुदान रकम फिर्ता गरिसक्नु भएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org