समाचार

  • सल्लेरी तापक्रम ५.२ डिग्रिमा जनजीवन प्रभावित ।

    news

    भोजराज कार्की 
    सोलु एफ.एम ३ मंसिर
    सोलुखुम्बु ः सोमबार सोलुखुम्बु सदरमुकाम सहित आसपासको क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको छ । मौसम प्रतिकुल भई चिसो महशुस भएको यहाँका स्थानीयले बताएका छन् । 
    अघिल्लो दिनको तुलनामा सोमबार २.४ डिग्रीले चिसो बढेको छ । सल्लेरी स्थीत मौसम अवलोकन केन्द्रका अनुसार आइतबारको तुलनामा सोमबार २.४ डिग्रीले चिसो बढेको हो । आइतबार साझको न्यूनतम पापक्रम ७.६ डिग्रिसेलसियस मापन गरिएको थियो भने सोमबार साझको तापक्रम ५.२ डिग्रि रहेको मौसम अवलोकन कर्ता राधा बस्नेतले जानकारी दिनुभयो ।  
    चिसाको समयमा मौसमी बिरामीलाई बढी असर पुग्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । चिसोमा रुखाखोकी, दम, निमोनियाको समस्या बढ्ने भएकाले स्वास्थ्यमा कुनैपनि समस्या आएमा तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा उपचारमा जान समेत अग्रह गरिएको छ । चिसो बाट बच्नको लागि न्यानो कपडा लगाउँनुपर्ने, तातो झोलिलो पदार्थ सेवन गर्न सोलु हेल्थ कियर सेन्टरका प्रबन्धक डा. राजेन्द्र बस्नेतले सुझाव दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org