समाचार

  • मन्दिरद्धारा सहयोगिलाई धन्यबाद ज्ञापन ।

    news

    सोलु एफ.एम २ मंसिर 
    सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ६ र ७ मा रहेको ज्वालामाइ मन्दिर व्यवस्थापन समितिले सहयोगी दातालाई धन्यबाद ज्ञापन गरेको छ । मन्दिरलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले विभिन्न सामग्री तथा आर्थिक सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
          मन्दिरमा लाग्ने मेलालाई लक्षित गरि वडा नं ७ का चौतारी तामाङले एक बण्डल जस्ता पाता सहयोग गर्नु भएको थियो भने सोहि ठाउँ बस्ने कामी शेर्पाले ४ हजार, फेरा बस्ने सानु शेर्पा र  वडा नं ७ का गणेश कुमार श्रेष्ठले १–१ हजार रुपैया सहयोग गर्नु भएको थियो ।
          उहाँहरुलाई आयोजकका तर्फबाट बजार व्यवस्थापक वाङदी शेर्पा तथा मन्दिरका पुजारीहरुले धन्यवाद ज्ञापन गर्नु भएको छ । महिन्दरमा अन्य सरकारी निकायबाट सहयोग नभएपनि व्यक्तिगत सहयोग जुट्ने क्रम जारी रहेको शेर्पाको भनाई छ । पवित्र धार्मीक स्थलमा सहयोग गर्न आग्रह समेत गरिएको छ । उक्त मन्दिरमा आगामी मंसिर १० र ११ गते मेला लाग्ने समेत बताईएको छ । उक्त मेलामा जाने भक्तजनहरुले तीन दिन अगाडी देखी माछामासु, टिम्बुर, प्याज तथा लसुन खान नहुने धार्मीक मान्यता रहि आएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org