समाचार

  • बालबालिकालाई खाजाको व्यवस्था गर्दै विद्यालय ।

    news

    सोलु एफ.एम २ कात्तिक 
    खोटाङ ःमहेन्द्रोदय मा.वि. हलेसीले आजबाट बालबालिकाहरुलाई खाजा खुवाउन थालेको छ । बौद्धमार्गीहरुको रामजुङ हिसे सेनफेन नेपाल नामक संस्थाको सहयोगमा विद्यालयले कक्षा १ देखी ५ सम्मका बालबालिकाहरुलाई खाजा खुवाउन थालेको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर राईले बताउनु भयो ।
         उहाँका अनुसार २ महिना अगाडी संस्थासँग सम्झौता भएअनुरुप आजबाट प्रति विद्यार्थी चालिस रुपैयाको खाजा खुवाउन थालिएको हो । खाजा व्यावस्थापनको जिम्मा लिएको किरात होटलले पहिलो दिन आज ७० जना विद्यार्थीले खाजा खाएको बताएको छ ।  गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहजता पुगोस भन्ने हेतुले खाजा कार्यक्रम अगाडी सारीएको सहयोगी संस्थाले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org