समाचार

  • चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिती पुनःगठन ।

    news

    सोलु एफ.एम २ मंसिर 
    सोलुखुम्बु ः सगरमाथा राष्ट्रीय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको अध्यक्षमा ल्हाक्पा ग्याल्जेन शेर्पा चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाले अध्यक्षमा ल्हाक्पा ग्याल्जेन शेर्पाको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । 
    पुरानो समितिको पाँच बर्षे कार्यकाल समाप्त भए पछि आइतबार नयाँ कार्य समिती गठन गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ का अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा ल्हाक्पा ग्याल्जेन, उपाध्यक्षमा नाम्गेल शेर्पा, सचिवमा  नुरू जाङबु शेर्पा, सह–सचिव आङ दाली शेर्पा र कोषाध्यक्षमा आङ नुरू शेर्पा चयन हुनु भएको खुम्बु पासाङ ल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org