समाचार

  • यो वर्षको तिहार विधिव समाप्त ।

    news

    सोलु एफ.एम २३ कात्तिक 
    सोलुखुम्बु ः यमपञ्चकको अन्तिम दिन शुक्रबार भाइटिका लगाएसँगै यो वर्षको तिहार सकिएको छ । नेपालीहरुको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहारको शुक्रबारबाट विधिवत समाप्ती भएको छ ।
    शुक्रबार विहान ११ बजेर ५५ मिनेटको साहीत भएको भए पनि शुक्रबार दिनै भरि टिका लगाउने कार्य चलेको थियो । शुक्रबारको दिन दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।   
      तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org