समाचार

  • खुम्बुमा एक महिनामा ३ कारोड राजस्व संकलन ।

    news

    सोलु एफ.एम २३ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाले एक महिनाको अवधिमा झन्दै ३ करोड राजस्व सकंलन गर्न सफल भएकोे छ । गाउँपालिकाले लिदै आएको विदेशी पर्यटक शुल्कबाट अक्टोबर महिनामा २ करोड ७६ लाख १६ हजार राजस्व संकलन गरेको हो ।
    अक्टोबर महिनामा १३ हजार ८ सय ८ जना विदेशी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको गाउम्पालिकाको तथ्यकंमा उल्लेख छ । जुन सख्यां अघिल्लो बर्षको अक्टोर महिनामा भन्दा छ प्रतिशतले बृद्धि भएको गाउँपालिका प्रबक्ता ल्हाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो । खुम्बु क्षेत्रमा अक्टोबर महिनालाई पर्यटकको मुख्य सिजन मानिन्छ । अक्टोबरमा धेरै भित्रिने र नोभेम्बर १५ बाट क्रमश घट्ने गाउँपालिकाले जनाएको छ ।   गाउँपालिकाले करिब १ बर्ष देखि प्रति पर्यटक २ हजारका दरले शुल्क लिदै आएको छ 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org