समाचार

  • यमपञ्चकको चौथो दिन गोर्र्वर्दन तथा गोरुको पुजा गरि मनाईयो ।

    news

    सोलु एफ.एम २२ कात्तिक 
    सोलुखुम्बु ः  यमपञ्चक अर्थात् तिहारको चौथो दिन । विहिबार गोवर्द्धन पुजा साथ गोरुको पूजाआजा गरी मनाइएको छ । गोवर्द्धन पुजाको अवसरमा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
         द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
         वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि यो दिन पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।
         यसैबीच, तिहार अन्तरगत देउसी र भैलो पनि मुख्यरुपमा लिने गरिन्छ । बुधबार लक्ष्मी पुजाको दिन साझ भैलि र त्यसको भोलिपल्ट देखि देउसी खेल्ने चलन छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org