समाचार

  • खुम्बु क्षेत्रमा दुई पर्यटको मृत्यु ।

    news

    सोलु एफ.एम २२ कात्तिक 
    सोलुखुम्बु ः खुम्बु भ्रमणमा आएका दुई बिदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
         खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरि आइलमपिक हुदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षिया जिल समसि भेरा को मृत्यु भएको प्रहरी नायव उपरिक्षक सालिग्राम शर्माले जानकारी दिनुभयो । उनी कात्तिक १० गते पाँच जनाको टोली सहित खुम्बु भ्रमणमा आएकी थिईन् ।  
         यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षिय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि मृत्यु भएको छ  । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्कर स्थीत लालिगुँरास होटलमा बास बसेर मन्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
         विहिबार बिहान करिब ११ः५५ को समयमा श्रीमति समेत संगै भएको बेला अचानक मृत्यु भएको बताईएको छ । मृतकको शब लुक्ला ल्याई आवश्यक कानुनी प्रकृया पुरा गरि पोष्ट माटमको लागि काठमान्डौ लगिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org